पाँचथर - पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ गरेको छ ।
पक्राउपर्नेमा नेत्र विक्रम चन्द ९विप्लव० समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा फाल्गुनन्द–३ चिलिङदिनका नेकपाका जिल्ला सदस्य गोरा भनिने एलिया नेम्वाङ र हिलिहाङ–३ अमरपूरका डिल्लिराम कटुवाल रहेको प्रहरीले जनाएको छ ।
आसन्न निर्वाचनलाई लक्षित गरी विप्लव समूहले गर्नसक्ने गतिविधि नियन्त्रण गर्न उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
उनीहरुमध्ये नेम्वाङलाई पौवा भञ्ज्याङ प्रहरीले आज बिहान पक्राउ गरेको हो भने अर्का कटुवाललाई यस अगाडि नै केही सार्वजनिक अपराध मुद्दामा पक्राउ गरी म्याद थप गरी कानूनी प्रक्रिया शुरु गरेको प्रहरीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा पनि पाँचथर प्रहरीले चार जना कार्यकर्तालाई पक्राउ गरी निर्वाचनपछि छाडेको थियो ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।