काठमाडौं- गृह मन्त्रालयले २३ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ। गृह मन्त्रालयले आज गरेको निर्णय अनुसार चेतराज बराललाई गृह मन्त्रालयबाट इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुर सरुवा गरिएको छ। विजयराज पौडेललाई गृह मन्त्रालयबाट कपिलवस्तुस्थित इलाका प्रशासन चन्द्रौटा कार्यालयमा, वेदप्रसाद अर्याललाई गृहबाट कारागार कार्यालय नख्खु, कृष्ण पौडेल, सागरमणि पाठक र भुपेन्द्र थापालाई गृहबाट सोही स्थानमा दोहोर्याइएको छ।
कृष्णप्रसाद शर्मा जिप्रका रामेछापबाट गृह मन्त्रालाय, कृष्णप्रसाद अधिकारी सिन्धुपाल्चोकबाट गृह, हिरादेवी पौडेल भोजपुरबाट गृह, भीमप्रसाद भट्टराई गृहबाट उदयपुर, बसन्तराज पुरी गृहबाट काभ्रे, श्रीनाथ पौडेल गृहबाट कास्की, अर्जुनकुमार कार्की गृहबाट गोरखा, खगेन्द्रप्रसाद रिजाल गृहबाट दोलाखा सरुवा भएका छन्।
साथै, शरदकुमार पोखरेललाई गृहबाट धनुषा, पुष्पराज पौडेललाई गृहबाट धादिङ, गंगाप्रसाद न्यौपानेलाई गृहबाट बाजुरा, मुराहरि खतिवडालाई भोजपुर, अर्जुन भण्डारीलाई गृहबाट रसुवा, लीलाकुमारी केसी पाण्डेलाई गृहबाट रामेछाप, जीवनप्रसाद दुलाललाई गृहबाट संखुवासभा, गोमादेवी चेम्जोङलाई गृहबाट सिन्धुपाल्चोक र सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमै गृहबाट भीमकान्त शर्मालाई सरुवा गरिएको छ।
भोजपुर, रामेछाप र सिन्धुपाल्चोकमा कार्यरत सिडिओबाहेक अन्य सरुवा भएका गृह मन्त्रालयमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।