फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चिनी व्यवसायीले आफूलाई ढाटेर चिनी आयातमा बन्देज लगाउन दबाब दिई आफ्नो स्वार्थपूर्ति गरेको बताएका छन्।
सोमबार नेपाल उद्योग परिसंघको १६औं वार्षिक साधारणमा बोल्दै प्रधानमन्त्री ओलीले चिनी उद्योगीहरुले आफूलाई ढाँटेर व्यवसायीहरुले स्वार्थपूर्ति गरेको भन्दै रिस पोखेका हुन्।
प्रधानमन्त्री ओलीले चिनी उद्योगीका कुरा सुनेर नेपालभित्रका उद्योगलाई बचाउनका लागि भएपनि विदेशी चिनी आयातमा परिमाणात्मक बन्देज लगाउनुपर्ने धारणा राखेका थिए।
'चिनी व्यवसायीहरुले किसानलाई उखुको मुल्य पनि दिएनन्, चाडबाडको बेला कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाए,’ प्रधानमन्त्री ओलीले भने।
'चिनी उद्योगीहरुले २ वर्षसम्मपुग्ने चिनी मौज्दात छ, भारतबाट आयात भएको चिनीले हाम्रो चिनी बिक्री हुन सकेन, समस्यामा पर्यौ भनेर गुनासो गर्न आए,' उनले भने, 'उनीहरुको कुरामा विस्वास गरेर परिमाणात्मक बन्देज लगायो सरकारले। तर, चिनी आयातमा रोक लगाएपछि मुल्य बढाएर किलो मैं १ सय ५ रुपैयाँसम्म पुर्याइयो।'
व्यवसायीहरु यस्ता छलकपटमा लाग्न नहुनेसमेत प्रधानमन्त्री ओलीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।