बेइजिङ, चीन- चीनमा सञ्चारकर्मीको वैधानिक परिचयपत्र लिएका पत्रकारको सङ्ख्या २ लाख २८ हजार रहेको चीनको प्रेस, प्रकाशन, रेडियो, फिल्म र टेलिभिजन हेर्ने प्रशासन (एसएपिपिआरएफ्टी) ले जनाएको छ।
एसएपिपिआरएफ्टीले जारी गरेक विज्ञप्तिमा भनिएको छ, 'यीमध्ये ८४ हजारले पत्रपत्रिकामा काम गर्ने गर्छन्। त्यस्तै ६ हजारले विभिन्न आवधिक प्रकाशनमा काम गर्छन्।'
चीनको न्युज एजेन्सीहरूमा जम्मा २ हजार ८ सय सञ्चारकर्मी रहेका छन् भने एक लाख ३४ हजारले रेडियो, टेलिभिजन र अन्य प्रकाशन गृहमा तथा न्युज वेबसाइटमा एक हजार एक सय सञ्चारकर्मी रहेका एसएपिपिआरएफ्टीले जनाएको छ।
सञ्चारकर्मीमध्ये ३९ प्रतिशत ३० देखि ४० वर्ष उमेर समूहका पत्रकार रहेका छन् र ३३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका रहेका बताइएको छ। पुरुष सञ्चारकर्मीको सङ्ख्या ५१ प्रतिशतभन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ।
चीनले सन् १९३७ मा यहाँको पत्रकार संगठन स्थापना भएका दिन नोभेम्बर ८ लाई पत्रकार दिवसका रुपमा मनाउने गरेको छ। चीनमा आज बुधबार १८ औँ पत्रकार दिवस मनाइँदैछ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।