विराटनगर– मोरङ–६ का वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार तथा पूर्वमन्त्री लालबाबुु पण्डितले विभिन्न पेशामा आबद्ध मजदुर–कर्मचारीलाई निर्वाचन प्रचार–प्रसारका लागि आर्थिक सहयोग गर्न आह्वान गरेका छन्। मंगलबार विराटनगरमा प्रेस चौतारी र प्रेस सेन्टर मोरङले आयोजना गरेको संयुुक्त कार्यक्रममा पण्डितले विदेशमा पसिना बगाउने मजदुर मात्र नभई पत्रकारसँग पनि सहयोग माग गरेका हुन्।
‘मलाई तपाईंहरुले समाचार मात्र लेखिदिएर पुुग्दैन,’ पत्रकारतर्फ इशारा गर्दै उनले भने, ‘अब तपाईंहरुले कमाएको केही अंश पनि मेरो चुनाव खर्चका लागि दिनुुपर्यो।’
उनले आफू मन्त्री हुँदा मुलुकको हित र उन्नतिका लागि काम गरेको स्मरण गर्दै सोही कामको मूल्यांकनका आधारमा जनताले मत दिने विश्वास व्यक्त गरे। उनले आफू मजदुर वर्गबाट राजनीतिमा आएको हुँदा तल्लो वर्गबाट नेतृत्व गर्नेले मात्र जनताको मन बुुझ्ने तर्क गरे।
पण्डितको चुनावी भिडन्त नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासँग हुँदैछ। चुनाव अाफूले जित्ने दाबी गरे पनि पण्डितलाई ओली पक्षका नेता–कार्यकर्ताले नै असहयोग गर्ने हल्ला चलिरहेका बेला बलियो प्रतिस्पर्धीका रुपमा रहेका कोइरालासँगको भिडन्त त्यति सहज भने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।