काठमाडाैं- आइतबारदेखि मंगलबारसम्मै देशभर आंशिकदेखि सामान्य बदली हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार आइतबार देशको पूर्वी, मध्य पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेकाे छ।
आइतबार राति पनि देशभर नै आंशिकदेखि सामान्य बदलीकाे संकेत गरिएकाे छ। केही स्थानमा स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा हुने तथा तराईका केही स्थानहरुमा हुरिबतास चल्ने महाशाखाले अनुमान गरेकाे छ।
महाशाखाले सोमबार पनि देशभर नै आंशिकदेखि सामान्य बदली हुने जनाएकाे छ। देशका पूर्वी भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जारी गरेकाे ३ दिने माैसमसम्बन्धी अपडेटमा उल्लेख छ।
यस्तै मंगलबार पनि देशका पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भू-भागमा आंशिक बदली हुनेछ। पूर्वी तराईका केही स्थानहरुमा भने हुरिबतास चल्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार गएकाे २४ घण्टामा सबैभन्दा बढी ताप्लेजुङमा ३१ दशमलब ८ मिलिलिटर तथा धनकुटामा २९ दशमलब ३ मिलिलिटर वर्षा भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।