सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेश २ का हावाहुरी प्रभावितका लागि राहतस्वरुप १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी १ करोड उपलब्ध गराउने निर्णय गरेको हो।
यसैगरी, हाल ५० शय्याको कर्णाली प्रदेश अस्पतालको विस्तार गरी ३०० शय्या पुर्याउने समेत निर्णय गरेको छ।
अस्पतालको रुपमा स्तरोन्नति गरी ३०० शय्या पुर्याउनले निर्णय भएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए।
प्रदेशका सामाजिक विकासमन्त्री दल रावल अस्पताल विस्तार गर्न लामो समयदेखि प्रयासरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।