काठमाडौ- न्यायपरिषद् सचिवालयले सर्वोच्च र उच्च अदालतमा सिफारिस भएका न्यायाधीश बारे सञ्चार माध्यममा प्रकाशित समाचारका सम्बन्धमा गम्भीर ध्यानाकर्षकण भएको जनाएको छ।
परिषद्ले शुक्रबार एक विज्ञप्ति जारी ध्यानकर्षण भएको बताएको हो।
केही दिन अघि सिफारिस भएका २३ मध्ये केही न्यायाधीशका सम्बन्धमा न्यायालयमा हुँदा छानबिन भएकोलगायतका समाचार प्रकाशनमा आएका थिए।
साथै न्यायाधीश र न्याय परिषद्का सदस्यका सम्बनधमा कुनै पनि समाचार लेख्नुपर्दा न्याय परिषद् सचिवालयको स्वीकृति लिएर मात्र समाचार प्रकाशन तथा प्रशारण गर्नसमेत परिषद्ले संकेत गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।