• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

७ बुँदे घोषणापत्र जारी गर्दै सकियो थारू साहित्यकारहरुको भेला

64x64
नेपाल लाइभ शनिबार, चैत २३, २०७५  १८:०४
1140x725

रुपन्देही- चौथो राष्ट्रिय थारू साहित्य सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै आज सकिएको छ। थारू लेखक संघ नेपाल तथा थारू कल्याणकारिणी सभा (थाकस) सैनामैना नगर समिति, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि सम्मेलन सुरु भएको थियो।

सैनामैना उचडिहवा होमस्टेमा भएको सम्मलेनले थारु भाषालाई थरुहट बहुल क्षेत्रमा कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न माग गरिएको छ। साथै थरुहटका सबै जिल्लामा थारू लेखक संघको शाखा विस्तार गर्ने, प्रकाशित थारू भाषा, साहित्यकेन्द्रित पुस्तकउपर समीक्षा संस्कृतिको विकास गर्ने भनिएको छ। आगामी पाँचौं राष्ट्रिय थारू साहित्य सम्मेलन २०७५ पुसमा मोरङमा बालसाहित्य बहसमा केन्द्रित गर्ने घोषणापत्रमा उल्लेख छ। साथै रुपन्देहीको उचडिहवा होमस्टे लगायत विभिन्न होमस्टे क्षेत्रमा थारू संग्रहलाय निर्माण गर्न अपिल गरिएको छ। 

‘थारू भाषा लेखौं, लेखाऔं र पढाऔं’ भन्ने मूल नाराका साथ चौबीसै जिल्लाका थारू साहित्यकारहरुको भेला भएको कार्यक्रममा विभिन्न विषयमा प्यानल छलफल गरिएको थियो।

बुद्ध र थारू सम्बन्धको बारेमा विद्यावारिधि गरेका डा गोपाल दहित र महेश चौधरीसँग सुशील चौधरीले बहस गरेका थिए। बुद्धको जन्म भएको शाक्य वंशसँग थारूहरुको धेरै इतिहास मिल्ने भएकाले थारू समुदायको सम्बन्ध बुद्धसँग निकै नजिक रहेको निष्कर्ष थियो। 

थारु लगायत मातृभाषामा आख्यान लेखन अवस्था विषयमा मुना चौधरी, नवीन विभास र डा धनप्रसाद सुवेदीसँग भूमिका चौधरीले संवाद गरिन्। आफू थारू भाषामा जानकार भए पनि मातृभाषामा पाठक थोरै भएकाले नेपाली भाषाको आख्यानमा केन्द्रित रहेको मुना चौधरीले बताइन्। विभास र सुवेदीले स्रष्टाहरुले जुनसुकै भाषामा लेखे पनि हुने तर आफ्नो मातृभाषालाई माया मार्न नहुने जिकिर गरे।

nimb
nimb
Ncell 2
Ncell 2

कार्यक्रममा टीकापुर घटनामा ४२ महिनापछि रिहा भएका नेता लक्ष्मण थारू धेरैको आकर्षणको केन्द्रविन्दु थिए। थारू नेतृत्वको सवाल विषयमा बहस गर्दै उनले टीकापुर घटना राजनीतिक हो कि होइन? भनेर सबै सहभागीहलाई हात उठाउन लगाएर राय लिएका थिए। हो भन्ने पक्षमा सबैको हात उठेपछि यस घटनलाई राजनीतिक रुपमा समाधान गर्न, नभए अर्को विद्रोह हुन सक्ने चेतावनी पनि दिए।

सोही विषयमा थारू आयोगका अध्यक्ष विष्णु थारूले आयोगलाई थारूहरुको मुद्दा पहिचान गरी समस्या समाधानका लागि सिफारिस गर्ने सम्मको मात्रै अधिकार रहेको बताए। डेनमार्कका पूर्वराजदूत विजय कर्णले थारू, मधेसी, दलितहरुलाई राज्यले अझै पनि अर्कै ग्रहबाट आएको मान्छेको रुपमा व्यवहार गर्ने गरेको विचार राखे। 

गैरथारू अन्वेषकका नजरमा थारू समाज र संस्कृति विषयमा डा मुकुन्द शर्मा तथा पत्रकार चन्द्रकिशोरसँग दिलबहादुर चौधरीले बहस गरे। शर्माले खानपान लगायत विभिन्न समस्याका कारण थारूहरु आफ्नै कारणले पछि परेको राय व्यक्त गरेपछि चन्द्रकिशोरले थारू साहित्यकारहरुले आयोजना गरेको कार्यक्रममा थारूहरुकै अपमान नगर्न आग्रह गरे। 

कार्यक्रमको मुख्य बहस डंगौरा थारू भाषाको मानकीकरणबारे थियो। चितवनीया थारू व्याकरणमा विद्यावारिधि गरेका त्रिविका अंग्रेजी प्राध्यापक डा कृष्णप्रसाद पौडेल तथा थारू भाषाको क्रियाको अवस्था विषयमा विद्यावारिधि शोधरत रामबहादुर चौधरीले डंगौरा थारू भाषामा त, थ, द, ध को प्रयोग नभएको बताए। थारूहरुले जस्तो बोल्छन्, त्यस्तै लेखे वैज्ञानिक हुने उनीहरुको तर्क थियो। महेश चौधरीले थारू भाषामा त, थ, द, ध को प्रयोग सर्वस्वीकार्य भइसकेकाले अनावश्यक बहस जरुरी नरहेको विचार राखे। 

सो अवसरमा दिलबहादुर चौधरी, जित ट्रासन, सीताराम चौधरी, भोलाराम चौधरी, बमबहादुर थारू, प्रल्हाद थारू, केवी चौधरी, दुर्जन चौधरी, कृष्णराज सर्वहारी, मानबहादुर पन्ना, मोती रत्न, रामबहादुर चौधरी, लगायतको दर्जन बढी थारू साहित्यकेन्द्रित पुस्तकको विमोचन गरियो। साथै, थारू कला, संस्कृतिको संरक्षणमा लागेका लेखिका शान्ति चौधरी, गायकद्वय हरिनारायण चौधरी, श्रीनिवास चौधरी तथा सिनेमाकर्मी मनिष चौधरी गरी चार जनालाई सम्मान गरियो। 

सम्मेलनमा सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका, नेपाल प्रज्ञा प्रतिष्ठान, प्रदेश ५ स्थित समाज कल्याण मन्त्रालयको सहकार्य रहेको थियो।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव
नेपाल-पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन शनिबार, जेठ २३, २०८३
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
नेपाल-पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड शनिबार, जेठ २३, २०८३
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले शनिबार, जेठ २३, २०८३
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्