दुनै- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –१ स्थित प्रहरी चौकीका प्रहरीहरुले तिहारमा खेलेको सामूहिक देउसीबाट उठेको रकमबाट बगर बजारमा बिजुलीको चिम जडान गरेका छन्।
गत आइतबार माथिल्लो बगरदेखि ठूली पुलसम्मका बिजुलीका खम्बामा २१ वटा सिएफएल बत्ती जडान गरिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी निरीक्षक रोमहर्ष सिजवालले बताए।
'सामूहिक देउसी खेल्दा १६ हजार रुपैयाँ उठेको थियो, सो रकमबाट तार र सिएफएल बल्ब किनेर बगर बजारका प्रत्येक पोलमा बत्ती जडान गरेका छौं', सिलवालले भने। बत्ती जडान गरिएपछि नगरमा चोरीको घटना कम हुने र शान्ति-सुरक्षामा पनि सघाउ पुग्ने प्रहरीको अपेक्षा छ।
त्रिपुरासुन्दरी नगरपालिकाका महिला तथा प्रहरीले प्रत्येक वर्ष तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।