व्यवसायी श्रेष्ठ
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एकै परिवारका ५ सदस्य पक्राउ परेका छन्।
शुक्रबार दिउँसो पौने २ बजे थाई एयरको फ्लाइटमार्फत काठमाडौंबाट बैंकक जान लागेको अवस्थामा एकै परिवारका ५ जनालाई प्रहरीले अवैध डलरसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा व्यवसायी सुवास श्रेष्ठसहित उनकी पत्नी उमादेवी, २ छोरी र एक छोरा छन्। प्रहरीले उनीहरूको साथबाट थाई भाट २२ हजार १ सय ५०, युरो १ हजार ३ सय ८०, अमेरिकन डलर १० हजार, चाइनिज युयान ८० हजार बरामद गरेको छ।
उनीहरुलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ।
पक्राउ पर्ने परिवारका सदस्य विमानस्थलभित्र रहेको कान्तिपुर क्याफे लगायत विभिन्न व्यवसायमा संलग्न छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।