काठमाडौं– पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानै काठमाडौं उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो। सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताए। पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएको बताइएको छ।
उक्त प्रणाली क्रमशः विकसित भई आगामी सोमबारसम्म कायम रहने मौसमविद् पोखरेलले बताए। काठमाडौं उपत्यकामा आज दिउँसो केही बेर मौसम खुला भई घाम लाग्ने छ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।