जनकपुर- धनुषाको विदेह नगरपालिका-७ मा रहेकाे नवटोलका फुलगेन मल्लीको घरपछाडि फेला परेका २ वटा बमलाई स्थानीयले नष्ट गरेका छन्।
बारीमा बेवारिसे अवस्थामा भेटिएकाे बम स्थानीयले खुल्ला स्थानमा फालेर विस्फोट गराएका हुन्। बच्चाहरुले भेट्टाएर खेलाउँदा जनधनको क्षति हुने भन्दै त्यसलाई नष्ट गर्न स्थानीयले आफैं विस्फोट गराएकाे इलाका प्रहरी कार्यालय औरहीले बताएकाे छ।
स्थानीयका अनुसार पान मसलाको टिनको बट्टामा बनाइएको बम कालो टेपले बेरेर बारीमा बेवारिसे अवस्थामा भेटिएकाे थियाे।
फेला परेकाे बम स्थानीयले खुल्ला स्थानमा फालेर विस्फोट गराएपछि इलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी टोली घटनास्थल पुगेको थियाे। बम कसले र किन छाेडेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको सहायक प्रहरी निरीक्षक रामबाबु सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।