इलाम- पाँच दिनदेखि बेपत्ता इलामकी एक महिला अझै फेला पर्न सकेकी छैनन्।
माई नगरपालिका–८ कलकत्तेकी ३३ वर्षीया सुमित्रामाया लिम्बू बेपत्ता भए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कात्तिक १७ गते दानाबारीस्थित शुक्रबारे बजारमा हटिया भरेर घर फर्कने क्रममा उनी घर नपुगेको पारिवारिक स्रोतले जनाएको छ।
लिम्बू अहिलेसम्म घर नफर्केपछि परिवारले खोजतलासका लागि दानाबारी प्रहरी चौकीमा निवेदन दिएपछि प्रहरीले खोजीकार्य तीव्र पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।