एजेन्सी- नागराज मञ्जु निर्देशित मराठी सिनेमा 'सैराट' मराठी चलचित्र क्षेत्रमा सफल भयो। फिल्म १ सय करोड भारू कमाउने पहिलो मराठी सिनेमा बन्यो। फिल्मको यो लोभलाग्दो व्यापारले भारतका क्षेत्रीय सिनेमाको अथाह व्यापारिक सम्भावना प्रस्तुत गरिदियो।
फिल्मले थुप्रै महोत्सबमा पुरस्कारहरु बटुल्यो। फिल्मको अनपेक्षित सफलताले बलिउडको आँखा यो सिनेमामाथि परेको छ। फिल्मको बलिउड रिमेक हुने भएको छ। फिल्मबाट भारतीय सिनेमाकी चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपुरले डेब्यू गर्ने भएकी छन्। फिल्मबाट बलिउड अभिनेता शाहिद कपुरका भाइ इशान खट्टरले पनि डेब्यू गर्ने भएका छन्।
फिल्मलाई 'बद्रीनाथकी दुल्हनिया' निर्देशक शशांक खैतानले निर्देशन गर्ने बताइएको छ। 'सैराट' भारतमा व्याप्त 'अनर किलिङ'मा आधारित प्रेमकथा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।