• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बलिउड हिरो जो छन् हिट पनि, फिट पनि

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २१, २०७४  ०९:२९
1140x725

एजेन्सी- बलिउडमा एक से एक अभिनेता छन्, जसले आफ्नो बलिष्ठ ज्यानलाई मेन्टेन गरिराख्न नियमित एक्सरसाइज गर्ने गर्छन्। उनीहरुको फरकफरक व्यायाम शैली छ। उसैगरी खानपानमा भिन्न रुचि। यस्ता केही चर्चित अभिनेता छन्, जो सधैं फिट छन् र हिट पनि।

गुलियो नखाने सलमान
बलिउडमा बलिष्ठ ज्यान भएका सबैभन्दा ह्यान्डसम अभिनेतामा गनिन्छन्, सलमान खान। बाइसेप्स, ट्राइसेप्स र एब्सको सदाबहार भव्य साइजमा उनलाई बलिउडका अन्य अभिनेताभन्दा माथि मानिन्छ।

शरीरको स्याहारमा सलमानले विशेष ध्यान दिने गरेका छन्। उनी हरेक दिन व्यायाम र जिम गर्छन्। साथै, बाह्रैमास जगिङ पनि गर्छन्। जस्तोसुकै खराब मौसममा पनि उनी जगिङ गर्नबाट चुक्दैनन्।

दिनहुँ करिब दुई घन्टा व्यायाम र जिम गर्ने उनी त्यतिबेला कसैलाई भेट्दैनन्। व्यायाम गर्दा ट्राइसेप, लेग, ब्याक र बाइसेपका मांसपेशीमा राम्रोसँग कसरत पुगोस् भन्नेमा उनी सचेत हुन्छन्।

सेट–अप्स, पुल–अप्स, चिन–अप्स उनी हरेक दिन करिब पाँच सय पटक गर्छन्। व्यायाम र जगिङबाट शरीरलाई आवश्यक कसरत पुगेनजस्तो लाग्यो भने उनी साइकल कुदाउन निस्किन्छन्। यसरी साइकलिङमा निस्किँदा उनले १० किलोमिटरसम्म साइकल कुदाउँछन्। जंक फुडदेखि सलमान हमेशा टाढै बस्छन्। सन्तुलित आहारमा पनि त्यति नै ध्यान दिन्छन्। हरेक दिन उनको खानामा मासु, फलफूल र हरियो सागसब्जी अनिवार्य रूपमा हुन्छ। गुलियो खानेकुरा भरसक खाँदैनन् र आफूसँग फिटनेस टिप्स माग्न आउनेलाई पनि गुलियो नखाने सल्लाह दिन्छन्। सुगरभन्दा पनि प्रोटिनजन्य खानेकुरामा जोड दिनुपर्छ भन्ने उनको मान्यता छ। 

बिहानै उठ्ने अक्षय
अर्का बलिउड अभिनेता अक्षय कुमार आफ्नो फिटनेसको श्रेय आफूले पालन गरेको कठोर अनुशासनलाई दिन्छन्। उनी सधैं बिहान साढे चार बजे उठछन्। यो उनको बच्चैदेखि लागेको बानी हो। उठेर नित्यकर्म सिध्याएपछि उनी वर्कआउटमा जुट्छन्। व्यायाम र जिमबाहेक उनी योग र ध्यान पनि नियमित गर्छन्। प्राणायाम गर्न उनी कहिल्यै छुटाउँदैनन्। भोजन सन्तुलित होस् भन्नेमा उनी सचेत छन्।

अक्षय रक्सी, चुरोट, सुर्तीलगायत अम्मलबाट मुक्त छन्। मसल्स बनाउन फुड सप्लिमेन्ट खाने चलनको विपक्षमा छन् उनी। साथै उनी मार्सल आर्ट र किक बक्सिङ गर्न पनि खुब रुचाउँछन्।

अक्षय खानाका पारखी हुन्। उनी डाइटिङमा रत्तिभर पनि विश्वास गर्दैनन्। घ्यू नहालेको खाना उनी कहिल्यै खाँदैनन्। तर, जति चिल्लो खायो, त्यही अनुपातमा कसरत पनि गर्नुपर्छ भन्नेमा उनी सचेत छन्। लेटनाइट पार्टीमा खासै नजाने अक्षय समयमै सुत्छन्। किनकि, उनले बिहान छिटो उठ्नुपर्ने हुन्छ। चिया र कफी कहिल्यै नखाने उनी पेय पदार्थका रूपमा जुस र दूध पिउँछन्। साकाहारी भोजन उनलाई बढी मन पर्छ।

Ncell 2
Ncell 2

आरामप्रेमी आमिर 
बलिउड फिल्म उद्योगका अर्का फिट एन्ड फाइन अभिनेता हुन्, आमिर खान। बलिउडमा मिस्टर पर्फेक्सनिस्टका नामले चिनिएका उनको दिनचर्या र अनुशासन पनि उस्तै पर्फेक्ट छ। ‘हेल्दी डाइट, एक्सरसाइज र त्यसपछि आराम’ यसलाई उनले गुरुमन्त्र बनाएका छन्। 

हेल्दी डाइटका लागि आमिर खानामा कार्बोहाइड्रेट, फ्याट र प्रोटिनको उचित मात्रा मिलाउँछन्। आवश्यक परेछ भने डाइटिङ गरे पनि हुन्छ भन्ने उनको मन्यता छ र तर डाइटिङ गर्ने बहानामा भोकै बस्नु अथवा कम खानु चाहिँ हुँदैन भन्नेमा उनी प्रस्ट छ । खानामा कार्बोहाइड्रेड, फ्याट र प्रोटिनको मात्रा मिलाएर घटाई डाइटिङ गर्न उनी अरूलाई पनि सुझाव दिन्छन्।

शरीरलाई स्वस्थ राख्न प्रशस्तै पानी पिउनुपर्छ भन्ने उनको मान्यता छ। हरेक दिन उनी ४ देखि ६ लिटर पानी खान्छन्। साथै, फलफूल, ब्राउन ब्रेड र दूध पनि नियमित खान्छन्। 

आमिर वाकिङ, जगिङ र स्विमिङ नियमित गर्छन्। जिममा पनि उनी असाध्यै लगनशील हुन्छन्। व्यायाम गर्दा उनी विशेषगरी पुस अप्समा जोड दिन्छन्। बिहान उठेर टेनिस खेल्छन्। उनलाई दिनहुँ ८ घन्टा नसुती चित्तै बुझ्दैन। शरीरलई आराम पुगेन र थकान महसुस भयो भने कुनै पनि काम राम्रोसँग गर्न सकिँदैन भन्ने उनको सोचाइ छ।

वर्कआउट र जिममा बढी मेहनत गरेर उनले एट प्याक एब्स बनाएका छन्। यसअघि फिल्म ‘गजनी’मा पनि उनले भव्य ज्यान बनाएका थिए।

अनुशासित शाहरुख 
चेन स्मोकर भए पनि अभिनेता शाहरुख खानले चुरोटका कारण आफ्नो फिटनेसमा कुनै असर पर्न दिएका छैनन्। फिल्म ‘ओम् शान्ति ओम्’को ‘ओ हसिना तू नीलमपरी’ बोलको गीतमा शाहरुखले आफूलाई कसिलो ज्यानमा प्रस्तुत गरेर उमेर घर्किँदै गए पनि बडी मेन्टेन गर्ने सवालमा तन्नेरी नै भएको जनाउ दिइसकेका थिए। फिल्म ‘ह्यापी न्यू इयर’मा ‘एट प्याक एब्स’सहित देखा परेपछि शाहरुख बलिउडका फिट अभिनेताको शीर्ष समूहमा पर्न थालेका छन्। 

दुई दशकयता शाहरुखले फिटनेसलाई प्राथमिकतामा राखेका हुन्। शाहरुखले यस्तो भव्य ज्यान कसरी बनाए? भन्नेमा धेरैलाई कौतूहल छ। तर, मेहनत गरे आफूले जस्तै ज्यान बनाउन अप्ठ्यारो नहुने शाहरुख बताउँछन्। सिक्स प्याक बनाइसकेपछि ‘ह्याप्पी न्यू इयर’मा आफूले जस्तै एट प्याक एब्स बनाउन अप्ठ्यारो नहुने शाहरुखको भनाइ छ। यसका लागि उपयुक्त खान्की, सही अभ्यास र धैर्यको ‘कम्बिनेसन’ आवश्यकता पर्ने उनी बताउँछन्। 

छ महिनासम्म कडा मेहनत गरेर शाहरुखले ‘एट प्याक एब्स’ बनाएका थिए। तर, सबैले यति सजिलै यो उपलब्धि हासिल गर्न नसक्ने विज्ञहरूको भनाइ छ। कुनै समय शाहरुखका प्रशिक्षकले उनको ज्यान एथलेटजस्तै रहेको र उनले अनुशासन पालना र अभ्यासमा ध्यान दिएकाले यस्तो उपलब्धि हासिल भएको बताएका थिए। 

‘ह्याप्पी न्यू इयर’का लागि ज्यान बनाउँदा शाहरुख सातामा पाँच दिन कडा शारीरिक अभ्यास गर्ने गर्थे। प्रतिदिन करिब डेढ घन्टा अभ्यास गर्थे। बिहान दुई बजे उठेर अभ्यास गर्ने, सधैं पोसिलो र स्वस्थ्यकर खाना खाने गर्थे। कुनै बेला हकी र फुटबल खेल्ने गरेकाले उनको ज्यान एथलेटको जस्तो भएको हो। त्यतिबेलाको खेल जीवनले अहिले पनि शाहरुखलाई ज्यान बनाउन र मेन्टेन गर्न सजिलो परिरहेको छ। 

खानपिनमा शाहरुख कहिल्यै पनि ‘कम्प्रोमाइज’ गर्दैनन्। उनी दिनहुँ अण्डा, दुई पिस ब्राउन ब्रेड, कफी, चिकेन स्यान्डविच, चिकेन सलाद, अण्डाको सेतो भागको अमलेट, सखरखण्ड, ग्रिल्ड माछा र ग्रिल्ड चिकेन खाने गर्छन्। विशेष ज्यान बनाउनुपर्‍यो भने उनी प्रोटिनयुक्त पाउडर पनि दिने गर्छन्।

शाकाहारी जोन
करिब एक दशकदेखि बलिउडमा सक्रिय अभिनेता जोन अब्राहम सानदार बडी भएका फिट अभिनेतामा गनिन्छन्। वर्कआउट गर्नेबाहेक फिट र बोल्ड ज्यानका लगि उनले प्योर भेजिटेरियन डाइट लिने गरेका छन्। वर्कआउटका क्रममा जोन बाई सेप्सका लागि विशेष मेहनत गर्छन्। वर्कआउटपछि ज्यानलाई सामान्य अवस्थामा ल्याउन उनी २०–२५ मिनेट दौडिने गर्छन्। 

उनी चिल्लो कम भएको प्रोटिनयुक्त खानामा विशेष जोड दिन्छन्। हरेक दिन दुई सय ग्राम प्रोटिन अनिवार्य लिन्छन्। यसबाहेक दही, हरियो सागसब्जी र पास्ता खान पाउँदा उनी मक्ख पर्छन्। बेलुका ६ बजेपछि जोन कार्बोहाइड्रेडजन्य खाना लिँदैनन्। राति ९ बजेअघि नै उनी रातिको खाना खाइसक्छन्। 

अघाउँजी खाँदैनन् ऋतिक
लुक्सको मामिलामा अभिनेता ऋतिक रोशन लकी छन् नै, बलिष्ठ र भव्य ज्यान भएका बलिउड अभिनेतामध्ये पनि अग्रपंक्तिमा गनिन्छन्। यसका लागि उनले मज्जासँग पसिना बग्नेगरी घन्टौं जिम गर्ने गरेका छन्। ‘क्रिश’ फिल्ममा उनको भव्य ज्यान देखेर सबै छक्क परेका थिए।

उनको डाइट पूर्वनिर्धारित जस्तै छ। दिनभरिलाई पुग्नेगरी एकैपटक पेट फुटुञ्जेल खाने बानी उनलाई फिटिक्कै मन पर्दैन। बरु उनी समय–समयमा कुचुकुचु खाइरहन रुचाउँछन्। उनी प्रोटिन र कार्बोहाइड्रेटयुक्त डाइट लिन्छन्। उनी नट्स र मासु हरेक दिन खान्छन्। 

बोसो घटाउने ध्यानमा रणवीर
फिल्म ‘रामलीला’ र ‘गुण्डे’का लागि बलिउड अभिनेता रणवीर सिंहले सानदार बडी बनाएका थिए। यस्तो ज्यान बनाउन उनले वर्कआउटमा विशेष ध्यान दिएका थिए। वर्कआउट गर्ने क्रममा उनी विशेषगरी बोसो कम गर्ने आसन अपनाउने गर्छन्।  

‘रामलीला’ फिल्मका लागि उनले चार महिना अघिदेखि विशेष वर्कआउट गरेका थिए। साथै उनले डाइटमा पनि ठूलो बदलाव ल्याए। अण्डा, जुस, ड्राइ फ्रुट्स र यसमा पनि विशेषगरी बदाम हरेक दिन उनको डाइटको हिस्सा बन्ने गरेको छ। जंक फुडबाट उनी टाढै बस्छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०७४  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा
पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट मंगलबार, माघ ६, २०८२
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्