complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बलिउड हिरो जो छन् हिट पनि, फिट पनि

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २१, २०७४  ०९:२९
1140x725

एजेन्सी- बलिउडमा एक से एक अभिनेता छन्, जसले आफ्नो बलिष्ठ ज्यानलाई मेन्टेन गरिराख्न नियमित एक्सरसाइज गर्ने गर्छन्। उनीहरुको फरकफरक व्यायाम शैली छ। उसैगरी खानपानमा भिन्न रुचि। यस्ता केही चर्चित अभिनेता छन्, जो सधैं फिट छन् र हिट पनि।

गुलियो नखाने सलमान
बलिउडमा बलिष्ठ ज्यान भएका सबैभन्दा ह्यान्डसम अभिनेतामा गनिन्छन्, सलमान खान। बाइसेप्स, ट्राइसेप्स र एब्सको सदाबहार भव्य साइजमा उनलाई बलिउडका अन्य अभिनेताभन्दा माथि मानिन्छ।

शरीरको स्याहारमा सलमानले विशेष ध्यान दिने गरेका छन्। उनी हरेक दिन व्यायाम र जिम गर्छन्। साथै, बाह्रैमास जगिङ पनि गर्छन्। जस्तोसुकै खराब मौसममा पनि उनी जगिङ गर्नबाट चुक्दैनन्।

दिनहुँ करिब दुई घन्टा व्यायाम र जिम गर्ने उनी त्यतिबेला कसैलाई भेट्दैनन्। व्यायाम गर्दा ट्राइसेप, लेग, ब्याक र बाइसेपका मांसपेशीमा राम्रोसँग कसरत पुगोस् भन्नेमा उनी सचेत हुन्छन्।

सेट–अप्स, पुल–अप्स, चिन–अप्स उनी हरेक दिन करिब पाँच सय पटक गर्छन्। व्यायाम र जगिङबाट शरीरलाई आवश्यक कसरत पुगेनजस्तो लाग्यो भने उनी साइकल कुदाउन निस्किन्छन्। यसरी साइकलिङमा निस्किँदा उनले १० किलोमिटरसम्म साइकल कुदाउँछन्। जंक फुडदेखि सलमान हमेशा टाढै बस्छन्। सन्तुलित आहारमा पनि त्यति नै ध्यान दिन्छन्। हरेक दिन उनको खानामा मासु, फलफूल र हरियो सागसब्जी अनिवार्य रूपमा हुन्छ। गुलियो खानेकुरा भरसक खाँदैनन् र आफूसँग फिटनेस टिप्स माग्न आउनेलाई पनि गुलियो नखाने सल्लाह दिन्छन्। सुगरभन्दा पनि प्रोटिनजन्य खानेकुरामा जोड दिनुपर्छ भन्ने उनको मान्यता छ। 

बिहानै उठ्ने अक्षय
अर्का बलिउड अभिनेता अक्षय कुमार आफ्नो फिटनेसको श्रेय आफूले पालन गरेको कठोर अनुशासनलाई दिन्छन्। उनी सधैं बिहान साढे चार बजे उठछन्। यो उनको बच्चैदेखि लागेको बानी हो। उठेर नित्यकर्म सिध्याएपछि उनी वर्कआउटमा जुट्छन्। व्यायाम र जिमबाहेक उनी योग र ध्यान पनि नियमित गर्छन्। प्राणायाम गर्न उनी कहिल्यै छुटाउँदैनन्। भोजन सन्तुलित होस् भन्नेमा उनी सचेत छन्।

अक्षय रक्सी, चुरोट, सुर्तीलगायत अम्मलबाट मुक्त छन्। मसल्स बनाउन फुड सप्लिमेन्ट खाने चलनको विपक्षमा छन् उनी। साथै उनी मार्सल आर्ट र किक बक्सिङ गर्न पनि खुब रुचाउँछन्।

अक्षय खानाका पारखी हुन्। उनी डाइटिङमा रत्तिभर पनि विश्वास गर्दैनन्। घ्यू नहालेको खाना उनी कहिल्यै खाँदैनन्। तर, जति चिल्लो खायो, त्यही अनुपातमा कसरत पनि गर्नुपर्छ भन्नेमा उनी सचेत छन्। लेटनाइट पार्टीमा खासै नजाने अक्षय समयमै सुत्छन्। किनकि, उनले बिहान छिटो उठ्नुपर्ने हुन्छ। चिया र कफी कहिल्यै नखाने उनी पेय पदार्थका रूपमा जुस र दूध पिउँछन्। साकाहारी भोजन उनलाई बढी मन पर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

आरामप्रेमी आमिर 
बलिउड फिल्म उद्योगका अर्का फिट एन्ड फाइन अभिनेता हुन्, आमिर खान। बलिउडमा मिस्टर पर्फेक्सनिस्टका नामले चिनिएका उनको दिनचर्या र अनुशासन पनि उस्तै पर्फेक्ट छ। ‘हेल्दी डाइट, एक्सरसाइज र त्यसपछि आराम’ यसलाई उनले गुरुमन्त्र बनाएका छन्। 

हेल्दी डाइटका लागि आमिर खानामा कार्बोहाइड्रेट, फ्याट र प्रोटिनको उचित मात्रा मिलाउँछन्। आवश्यक परेछ भने डाइटिङ गरे पनि हुन्छ भन्ने उनको मन्यता छ र तर डाइटिङ गर्ने बहानामा भोकै बस्नु अथवा कम खानु चाहिँ हुँदैन भन्नेमा उनी प्रस्ट छ । खानामा कार्बोहाइड्रेड, फ्याट र प्रोटिनको मात्रा मिलाएर घटाई डाइटिङ गर्न उनी अरूलाई पनि सुझाव दिन्छन्।

शरीरलाई स्वस्थ राख्न प्रशस्तै पानी पिउनुपर्छ भन्ने उनको मान्यता छ। हरेक दिन उनी ४ देखि ६ लिटर पानी खान्छन्। साथै, फलफूल, ब्राउन ब्रेड र दूध पनि नियमित खान्छन्। 

आमिर वाकिङ, जगिङ र स्विमिङ नियमित गर्छन्। जिममा पनि उनी असाध्यै लगनशील हुन्छन्। व्यायाम गर्दा उनी विशेषगरी पुस अप्समा जोड दिन्छन्। बिहान उठेर टेनिस खेल्छन्। उनलाई दिनहुँ ८ घन्टा नसुती चित्तै बुझ्दैन। शरीरलई आराम पुगेन र थकान महसुस भयो भने कुनै पनि काम राम्रोसँग गर्न सकिँदैन भन्ने उनको सोचाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वर्कआउट र जिममा बढी मेहनत गरेर उनले एट प्याक एब्स बनाएका छन्। यसअघि फिल्म ‘गजनी’मा पनि उनले भव्य ज्यान बनाएका थिए।

अनुशासित शाहरुख 
चेन स्मोकर भए पनि अभिनेता शाहरुख खानले चुरोटका कारण आफ्नो फिटनेसमा कुनै असर पर्न दिएका छैनन्। फिल्म ‘ओम् शान्ति ओम्’को ‘ओ हसिना तू नीलमपरी’ बोलको गीतमा शाहरुखले आफूलाई कसिलो ज्यानमा प्रस्तुत गरेर उमेर घर्किँदै गए पनि बडी मेन्टेन गर्ने सवालमा तन्नेरी नै भएको जनाउ दिइसकेका थिए। फिल्म ‘ह्यापी न्यू इयर’मा ‘एट प्याक एब्स’सहित देखा परेपछि शाहरुख बलिउडका फिट अभिनेताको शीर्ष समूहमा पर्न थालेका छन्। 

दुई दशकयता शाहरुखले फिटनेसलाई प्राथमिकतामा राखेका हुन्। शाहरुखले यस्तो भव्य ज्यान कसरी बनाए? भन्नेमा धेरैलाई कौतूहल छ। तर, मेहनत गरे आफूले जस्तै ज्यान बनाउन अप्ठ्यारो नहुने शाहरुख बताउँछन्। सिक्स प्याक बनाइसकेपछि ‘ह्याप्पी न्यू इयर’मा आफूले जस्तै एट प्याक एब्स बनाउन अप्ठ्यारो नहुने शाहरुखको भनाइ छ। यसका लागि उपयुक्त खान्की, सही अभ्यास र धैर्यको ‘कम्बिनेसन’ आवश्यकता पर्ने उनी बताउँछन्। 

छ महिनासम्म कडा मेहनत गरेर शाहरुखले ‘एट प्याक एब्स’ बनाएका थिए। तर, सबैले यति सजिलै यो उपलब्धि हासिल गर्न नसक्ने विज्ञहरूको भनाइ छ। कुनै समय शाहरुखका प्रशिक्षकले उनको ज्यान एथलेटजस्तै रहेको र उनले अनुशासन पालना र अभ्यासमा ध्यान दिएकाले यस्तो उपलब्धि हासिल भएको बताएका थिए। 

‘ह्याप्पी न्यू इयर’का लागि ज्यान बनाउँदा शाहरुख सातामा पाँच दिन कडा शारीरिक अभ्यास गर्ने गर्थे। प्रतिदिन करिब डेढ घन्टा अभ्यास गर्थे। बिहान दुई बजे उठेर अभ्यास गर्ने, सधैं पोसिलो र स्वस्थ्यकर खाना खाने गर्थे। कुनै बेला हकी र फुटबल खेल्ने गरेकाले उनको ज्यान एथलेटको जस्तो भएको हो। त्यतिबेलाको खेल जीवनले अहिले पनि शाहरुखलाई ज्यान बनाउन र मेन्टेन गर्न सजिलो परिरहेको छ। 

खानपिनमा शाहरुख कहिल्यै पनि ‘कम्प्रोमाइज’ गर्दैनन्। उनी दिनहुँ अण्डा, दुई पिस ब्राउन ब्रेड, कफी, चिकेन स्यान्डविच, चिकेन सलाद, अण्डाको सेतो भागको अमलेट, सखरखण्ड, ग्रिल्ड माछा र ग्रिल्ड चिकेन खाने गर्छन्। विशेष ज्यान बनाउनुपर्‍यो भने उनी प्रोटिनयुक्त पाउडर पनि दिने गर्छन्।

शाकाहारी जोन
करिब एक दशकदेखि बलिउडमा सक्रिय अभिनेता जोन अब्राहम सानदार बडी भएका फिट अभिनेतामा गनिन्छन्। वर्कआउट गर्नेबाहेक फिट र बोल्ड ज्यानका लगि उनले प्योर भेजिटेरियन डाइट लिने गरेका छन्। वर्कआउटका क्रममा जोन बाई सेप्सका लागि विशेष मेहनत गर्छन्। वर्कआउटपछि ज्यानलाई सामान्य अवस्थामा ल्याउन उनी २०–२५ मिनेट दौडिने गर्छन्। 

उनी चिल्लो कम भएको प्रोटिनयुक्त खानामा विशेष जोड दिन्छन्। हरेक दिन दुई सय ग्राम प्रोटिन अनिवार्य लिन्छन्। यसबाहेक दही, हरियो सागसब्जी र पास्ता खान पाउँदा उनी मक्ख पर्छन्। बेलुका ६ बजेपछि जोन कार्बोहाइड्रेडजन्य खाना लिँदैनन्। राति ९ बजेअघि नै उनी रातिको खाना खाइसक्छन्। 

अघाउँजी खाँदैनन् ऋतिक
लुक्सको मामिलामा अभिनेता ऋतिक रोशन लकी छन् नै, बलिष्ठ र भव्य ज्यान भएका बलिउड अभिनेतामध्ये पनि अग्रपंक्तिमा गनिन्छन्। यसका लागि उनले मज्जासँग पसिना बग्नेगरी घन्टौं जिम गर्ने गरेका छन्। ‘क्रिश’ फिल्ममा उनको भव्य ज्यान देखेर सबै छक्क परेका थिए।

उनको डाइट पूर्वनिर्धारित जस्तै छ। दिनभरिलाई पुग्नेगरी एकैपटक पेट फुटुञ्जेल खाने बानी उनलाई फिटिक्कै मन पर्दैन। बरु उनी समय–समयमा कुचुकुचु खाइरहन रुचाउँछन्। उनी प्रोटिन र कार्बोहाइड्रेटयुक्त डाइट लिन्छन्। उनी नट्स र मासु हरेक दिन खान्छन्। 

बोसो घटाउने ध्यानमा रणवीर
फिल्म ‘रामलीला’ र ‘गुण्डे’का लागि बलिउड अभिनेता रणवीर सिंहले सानदार बडी बनाएका थिए। यस्तो ज्यान बनाउन उनले वर्कआउटमा विशेष ध्यान दिएका थिए। वर्कआउट गर्ने क्रममा उनी विशेषगरी बोसो कम गर्ने आसन अपनाउने गर्छन्।  

‘रामलीला’ फिल्मका लागि उनले चार महिना अघिदेखि विशेष वर्कआउट गरेका थिए। साथै उनले डाइटमा पनि ठूलो बदलाव ल्याए। अण्डा, जुस, ड्राइ फ्रुट्स र यसमा पनि विशेषगरी बदाम हरेक दिन उनको डाइटको हिस्सा बन्ने गरेको छ। जंक फुडबाट उनी टाढै बस्छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०७४  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्