काठमाडौं- एरोटिक सस्पेन्स थ्रिलर 'चपली हाइट'को तेस्रो शृंखला बन्ने पक्का भएको छ। निर्माता अर्जुन कुमारले यसको पुष्टि गरेका हुन्।
'फिल्मको स्क्रिप्ट लेख्ने काम भइरहेको छ', नेपाल लाइभसँग कुरा गर्दै उनले भने 'फिल्म भने आगामी प्रोजेक्ट 'ब्रम्हजंग' सकिएपछि सुरू हुनेछ।'
फिल्मको स्क्रिप्ट एक महिला लेखकले तयार पारेको भन्दै उनले फिल्मको विस्तृत जानकारी केही समयपछि दिइने बताए। 'फिल्ममा नयाँ कलाकारलाई समेत स्थान दिनेछौं,' उनले भने।
यसअघिका दुई सिक्वेल निर्देशन गरेका दीपेन्द्र के खनालले नै तेस्रो शृंखलाको पनि निर्देशन गर्नेछन्। फिल्ममा सौगात मल्लले नै अभिनय गर्नेछन्।
हाल अर्जुन कुमार निर्देशित 'फाटेको जुत्ता' प्रदर्शनमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।