काठमाडौं- अभिनेत्री ऋचा शर्मा तथा अभिनेता अर्पण थापाबीच केही समययता फिल्मी जुगलबन्दी बढ्दै गइरहेको छ। ऋचाले निर्माण गरेको 'आधा लभ'मा अर्पण निर्देशक थिए। त्यसयता उनीहरूले 'चक्कर', 'सुनकेशरी' तथा 'फुर्के' फिल्ममा सँगै काम गरिसकेका छन्।
अब उनीहरूको जुगलबन्दी चौथो फिल्मका लागि पनि भएको छ। 'फेरि फेरि' नामक फिल्ममा पुन: एकसाथ देखा पर्दैछ यो जोडी। फिल्मलाई पुरन थापाले निर्देशन गर्नेछन्। थापाले यसअघि 'कान्छी मट्याङ मट्याङ' निर्देशन गरेका थिए।
फिल्ममा अर्पण, ऋचाका अलावा ओमप्रतीक गुरुङ, धर्मेन्द्र आचार्यसँगै निर्देशक पुरन प्रमुख भूमिकामा देखिनेछन्।
हाल ऋचा 'कोहलपुर एक्सप्रेस'को छायांकनमा व्यस्त छिन् भने अर्पण 'अमेरिका बोइज'मा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।