काठमाडाैं- विपद् जोखिम न्यूनीकरण तथा तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा बसेको छ।
गृहमन्त्री, विभिन्न मन्त्रालयका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखलगायतकाे उपस्थितिमा बसेकाे समितिको बैठकले बारा पर्साका हावाहुरी पीडितका लागि 'फास्ट ट्रयाक'मार्फत छिटो घर बनाउने लगायतको निर्णय गरेको छ। सरकारले 'जनता आवास कार्यक्रम'कै माेडलमा पीडितलाई घर बनाइदिने घाेषणा बिहीबार नै गरिसकेकाे छ। घर निर्माणकाे जिम्मा नेपाली सेनालाई दिइएकाे छ।
सबै मन्त्रालयले आफूअन्तगर्तको क्षतिको लगत बुधबारभित्र पेस गरिसक्नु पर्ने, फास्ट ट्रयाकमार्फत घर निमार्ण गर्ने, एकद्धार प्रणालीमार्फत राहत वितरण गर्नेबारे बैठकले निर्णय गरेको हो।
त्यसैगरी बारा पर्साका हावाहुरी प्रभावित क्षेत्रमा खानेपानी, बत्ती र शौचालयको व्यवस्था तत्काल गर्ने निर्णय गरेको गृह स्रोतले जानकारी दियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।