काठमाडौं- मिलन चाम्स निर्देशित 'ह्यापी डेज'ले फिल्मको दोस्रो गीत 'तिमी बिना' सार्वजनिक गरेको छ।
ताराप्रकाश लिम्बुको संगीत र स्वर रहेको गीतमा दीपा लामाले साथ दिएकी छिन्। गीत गायक लिम्बु र दिनेश राउतले लेखेका हुन्। चाम्सको कोरियोग्राफी रहेको गीतमा सञ्जय गुप्ता र प्रियंका कार्कीको अभिनय रहेको छ। फिल्मको रोमान्टिक गीतलाई युकेमा छायांकन गरिएको हो।
माघ १२ गते रिलिज हुने रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राई, प्रियंका, सञ्जय, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारको अभिनय छ।
‘ह्याप्पी डेज’लाई लन्डन सिने आई र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो। निर्माण पक्षले फिल्मको बजेट २ करोड ५० लाख रहेको दाबी गरेको छ। फिल्ममा पैसा कमाउन बेलायत गएका युवायुवतीको कथा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।