काठमाडौं– लागुऔषध तस्करहरूले बालबालिकालाई प्रयोग गरेर लागुऔषध तस्करी गर्ने गरेको पाइएको छ।
आफूहरू पटक पटक पक्राउ पर्न थालेपछि तस्कहरूले ओसारपसारको रुपमा बालबालिका प्रयोग गर्न थालेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक बालकलाई लागु औषधसहित पक्राउ गरेपछि रहस्य बाहिर आएको हो। रुपन्देहीको सिदार्थनगर– १ बेलहिया बसर्पाकमा प्रहरीले जाँच गर्ने क्रममा एक १२ वर्षीय बालकलाई लागु औषधसहित शुक्रबार पक्राउ गरेको छ।
पक्राउ पर्ने बालकको घर चितवनको राप्ती नगरपालिकामा पर्छ। भारतको सुनौलीबाट लागुऔषध खरिद गरेर तस्करहरुले बालकको शरीरमा बाँधेर ओसार्न लगाएका थिए।
शरीरको अगाडि र पछाडिको भागमा टेपले बाँधेर ल्याइएको अवस्थामा डाइजेपाम ६४, नुफिन ६४ र फेनारगन ६४ एम्पुल लागू औषध बरामद गरेको छ।
उक्त लागुऔषध भारतमा १५ हजार रुपैयाँमा खरिद गरेर चितवनमा ६५ हजार रुपैयाँभन्दा बढीमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।