काठमाडौं (एजेन्सी)– रुसमा एक युवती आफ्नो चहकिलो अनुहारका कारण पिजडाको सुगा बन्न पुगेकी छिन्। उनी बिछट्टै राम्री छिन्। बिना कुनै सर्जरी, मेकअप उनी साच्चि नै बार्बी जस्तै देखिन्छिन्।
सोसल मिडियामा यतिबेला उनको खुब चर्चा भइरहेको छ। उनी फेसबुक र इन्स्टाग्रामबाट आफ्नो फोटो अपलोड गरिरहेकी हुन्छिन्। यी युवतीको नाम हो, एनजेलिका केनोवा। जो अहिले सोसल मिडियामार्फत विश्वव्यापी मोडल बनेकी छिन्।
उनी यति राम्री छिन कि उनलाई घर परिवार बाहिर निस्किन दिँदैनन। बाटोमा केटाहरुले जिस्काएर हैरान पार्ने कारण आमा–बुवाले उनलाई घरबाट बाहिर निस्किन नदिएका हुन्।

२६ वर्षीय एनजेलिकाका सोसल मिडियामा थुप्रै फ्यान छन्। सोसल मिडियामा तस्बिर मात्र पोस्ट गर्ने एनजेलिकाका फेसबुकमा ४० हजार र इन्स्टाग्राममा ९४ हजार फलोअर्स छन्। उनले इन्स्टाग्राममा आफ्नो पेजलाई प्राइभेट राखेकी छिन्। यसको अर्थ नचिनेका व्यक्तिले उनको फोटो हेर्न पाउँदैनन्। उनको फोटोमा थुप्रै व्यक्तिहरुले कमेन्ट्स गरेर प्रसंसा गरिरहेका हुन्छन्।
केटाहरुको खराब नियतबाट जोगाउन उनकी आमा आफै सक्रिय हुने गरेकी छिन्। आमाले नै बाहिरबाट घरको सामान किनेर ल्याउने गर्छिन्। यस विषयमा बहस पनि भएको थियो। तर, एनजेलिका यसमा कुनै खराबी देख्दिनन। उनी आफ्नो आमा–बुवाले आफूलाई धेरै माया गर्ने प्रतिक्रिया दिन्छिन्। उनको भनाई छ, ‘एउटा मोडल झै मलाई बाहिर के भइरहेको छ थाहा हुँदैन।’
उनलाई बार्बी गुडिया जस्तै लुगा लगाउने खुब सौख छ। उनी यस्तै लुगा पहिरिएर फोटो खिच्ने गर्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।