नयाँ दिल्ली (एजेन्सी)– भारतको आयकर विभागले श्रोत खुल्न नसकेका १८३३ करोड भारतीय रुपैयाँ जफत गरेको बताएको छ। आयकर विभागका अध्यक्ष सुशील चन्द्रले श्रोत खुल्न नसकेको सम्पत्तिमाथिको कारवाहीलाई अझै कडाईका साथ लागु गर्ने बताएका छन्।
‘हामीले यस्ता सम्पत्तिहरुको सुक्ष्मढंगले अध्ययन गरिरहेका छौं। यस्तो सम्पत्ति पहिचान हुने वित्तिकै तुरुन्त कार्यवाही हुनेछ,’ उनले भने। विभागले यही अक्टुवरसम्म प्राप्त डाटाअनुसार श्रोत खुल्न नसकेका ५ सय ४१ वटा सम्पत्तिमाथि कार्यवाही गर्दा १८३३ करोड रुपैयाँ जम्मा हुन आउने बताएको छ।
सरकारले यसलाई प्रक्रियामा ल्याउन ५ सय १७ वटा नोटिस जारी गर्नु परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।