नयाँ दिल्ली (एजेन्सी)– दीपिका पादुकोण आफ्नो आगामी फिल्म ‘पद्मावती’ लाई लिएर निकै उत्साही छन्। फिल्मको गीत ‘घुमर’ को चर्चा चुलिएसँगै फिल्मको ट्रेलर हिट भएको छ। यसैबाट उत्साही बनेकी दीपिकाले आफ्नो घरमा पार्टीको आयोजना गरेकी थिइन्।
पार्टीमा बलिउडका हस्तिहरु समावेश थिए। तर, यो पार्टीमा दीपिकासँग खिचेको एउटा तस्बिर अभिनेता अरमान जैनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेपछि यसलाई लिएर ठूलो प्रतिक्रिया आएको छ। तस्बिरमा दीपिका नशामा लट्ठिएको देखिएकी थिइन्। अरमान र आफ्नो एक साथीको हातको पाखुराको सहयोगले बीचमा उभिएर खिचेको उनको फोटो सार्वजनिक भएपछि विभिन्न प्रतिक्रिया आउन थालेको छ।
दीपिका पार्टीहरुमा निकै संयमित देखिने अभिनेत्री हुन्। तर, उनको नयाँ तस्बिरले अर्के छाप छोडेको छ। उनलाई पार्टीमा अरमानले गालामा चुम्बन गरेकाे तस्बिर पनि सार्वजनिक भएकाे छ। अरमान रणविर कपुरका अाफन्त पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।