काठमाडौं– ललितपुरको सानेपामा ट्रकले भ्यानलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
बिहान साढे १० बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचार क्रममा अल्का अस्पतालमा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले जानकारी दिए। मृत्यु हुनेहरुमा दोलखाका ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषाका ४० वर्षीय डोल्मा शेर्पा छन्। घाइते हुनेमा ललितपुर बगमतीकी १८ वर्षीय स्मृति मगर छिन्। उनको उपचार भइरहेको छ ।
जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा ७ च २१३१ नम्बरको भ्यानलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।