राजविराज – पार्टी एवं वाम गठबन्धनका निर्णय विपरीत उम्मेदवारी दिएको र उम्मेदवारी दिनेको प्रस्तावक एंव समर्थकमा बसेका तीन जनालाई नेकपा ९एमाले० सप्तरीले आज कार्वाही गरेको छ ।
कार्वाही हुनेमा सप्तरीे क्षेत्र नं १ प्रदेश सभा सदस्य ९क० को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराउने कञ्चनरुप नगरपालिका–७ धर्मपुरका प्रकाश खतिवडा तथा बागी उम्मेदवारको प्रस्तावक एंव समर्थकमा बस्ने कञ्चनरुप नगरपालिका–१२ का अनिल पोखरेल र कञ्चनरुप नगरपालिका–६ का मोहम्द मुस्तफा मियाँलाई पार्टीको सदस्यता खारेज हुने गरी कार्वाही गरिएको नेकपा एमाले सप्तरीले जनाएको छ ।
पार्टीको हित र प्रतिष्ठामा आँच पु¥याउने तथा पार्टीका विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेकाले जिल्ला समिति सचिवालयको बैठकबाट पार्टी विद्यानको धारा ५ को घ तथा धारा ४९ बमोजिम पार्टीको सदस्यता समाप्त हुने गरी कार्वाही गरिएको जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरु अब उप्रान्त पार्टीको कुनै पनि पद र साधारण सदस्यमा समेत नरहेको सो पार्टीले जनाएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।