टोक्यो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि चुनौती भएको बताएका छन्।
हाल जापान भ्रमणमा रहेका ट्रम्पले उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमले एक देशलाई मात्र हानि गर्ने नभई विश्वकै लागि टाउको दुःखाइ भएको टिप्पणी गरे।
'विश्वको सभ्यताको लागि मात्र होइन, यो विश्व शान्तिका लागि पनि चुनौती हो', ट्रम्पले भने।
पछिल्लो समय उत्तर कोरियाको कारणले उसको छिमेकी देश जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकाश हुँदै परीक्षण गरेको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।