पोखरा- वाम गठबन्धनका उम्मेदवारलाई जिताउन नेकपा एमाले निकट युवा संघ नेपाल र माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपाल कास्कीले युवा परिचालन समिति गठन गरेका छन्।
दुवै संगठनले सोमबार संयुक्त पत्रकार सम्मेलन गरी जिल्लाका प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ वटै क्षेत्रका उम्मेदवारलाई जिताउन ११ सदस्यीय निर्देशक समन्वय समिति र पाँच हजार एक युवा परिचालन समिति बनाइएको जानकारी दिए।
निर्वाचनमा युवा परिचालन गर्न जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा संयुक्त युवा भेला राखिने युवा संघका अध्यक्ष विष्णु पुनले बताए।
यसैबीच, वाम गठबन्धनका उम्मेदवारलाई जिताउन एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले समेत एक हजार २१२ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।