काठमाडाैं- सरकारले हावाहुरीबाट बारा र पर्सा जिल्लामा घरबारविहीन भएकाहरुलाई जनता आवास कार्यक्रमकाे माेडलमा घर बनाइदिने भएकाे छ।
सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री गाेकुल बाँस्काेटाका अनुसार वर्षायाम अगाडि नै जनता आवासको मोडलमा घर बनाई पीडितलाई हस्तान्तरण गरिनेछ। घर निर्माणकाे जिम्मा भने नेपाली सेनालाई दिइएकाे उनले बताए।
घर निर्माण कार्यको सहजीकरणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाका प्रतिनिधि र शहरी विकास मन्त्रालयका प्रतिनिधि रहेको ५ सदस्यीय समितिसमेत गठन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।