काठमाडौं – गायक तथा इन्जिनियर वीरन्द्र श्रेष्ठको नयाँ गीत ‘र हाम्रो लेकैमा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक श्रेष्ठ पछिल्लो समय आफ्नो इन्जिनियर पेशा सँगसंगै गीत संगीतमा पनि लागेका छन्। दीपक शर्माको शब्द संगीतमा रहेको यस गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्।
सुमन योन्जनको निर्देशनमा बनेको उक्त भिडियोलाई देवराज सिग्देल छायाङ्कन गरेका हुन भने हेमन योन्जनको सम्पादन गरेको छ । भिडियोमा दिनेश लिङ्खिम र द्रिप्ती तामाङको अभिनय देख्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।