प्रतिकात्मक तस्बिर
काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि ठूलाे परिमाणमा सुन बरामद गरिएकाे छ।
थाई एयरलाइन्सकाे विमानबाट काठमाडाैं ल्याइँदै गरेकाे अवस्थामा सुन बरामद गरिएकाे हाे। सुन तस्करीमा संलग्न ४ भारतीय नागरीकसमेत पक्राउ गरिएकाे विमानस्थलका एसएसपी सन्दीप भण्डारीले बताए।भण्डारीका अनुसार पक्राउ पर्नेमा ३ महिलासहित ४ जना छन्।
'विभिन्न गहना बनाएर सुन भित्राइएकाे छ, गहनाकाे बाहिर भने फलाम लगायतका अन्य धातुकाे लेप लगाइएकाे छ', भण्डारीले भने, 'कति केजी सुन छ भन्ने कुरा अनुसन्धानमा रहेकाेले केही समयपछि मात्रै थाहा लाग्छ।'
विमान बैंककबाट नेपाल आउँदै थियाे। यसपटक पनि थाई एयरलाइन्सबाटै सुन नेपाल ल्याउँदै गर्दा बरामद गरिएकाे हाे। यसअघि पनि थाई एयरलाइन्सबाट ठूलाे परिमाणमा सुन नेपाल भित्राइएकाे थियाे।
खाडी तथा मध्यपूर्वका राष्ट्रबाट सुन तस्करी गरी भारत पुर्याउन नेपालकाे बाटाे राेज्ने गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।