पाल्पा- दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन्।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङमा थापिएको धराममा छेउखानकी २४ वर्षीया चिना बुढाथोकी परेकी हुन्। धरापमा परी गम्भीर घाइते भएकी उनको पाल्पामा उपचार असम्भव भएपछि काठमाडौँको बिएन्डबी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले बताए।
यसैबीच घर नजिकै बारीमा दुम्सी मार्न अवैध घरेलु हतियार प्रयोग गरेको आरोपमा स्थानीय बासिन्दा तुलबहादुर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।