काठमाडौं- कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ पदाधिकारीमा मिश्रित नतिजा आएको छ।
बारको अध्यक्षमा प्रगतीशील समूहले जित हात पारेको छ भने महासचिवमा लोकतान्त्रिकले जित हात पारेको छ। अध्यक्षमा चण्डेश्वर श्रेष्ठले लोकतान्त्रिकका सुनिल पोखरेललाई पराजित गरे।
श्रेष्ठले कुल ३ हजार २ सय २३ मत पाएर विजयी भएका हुन्।
महासचिवमा लोकतान्त्रिकका लीलामणि पोखरेलले ३ हजार ३ सय ८५ मत प्राप्त गर विजयी भए भने उनका प्रतिस्पर्धी सुरेन्द्र थापाले ३ हजार मत मात्र प्राप्त गरे।
१० हजार ३ सय १३ मतदाता रहेको नेपाल बारको शनिबार भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो। उपत्यकाभित्र मात्र ४ हजार ४३ मत खसेको थियो। सर्वोच्च बारमा ६ सय ४४ मत रहेको छ भने पाटन पुनरावेदन बारमा १ हजार ६८ मत खसेको थियो। काठमाडौं बारमा १ हजार ५ सय ८० मत खसेको थियो।
तीनवर्षे नयाँ कार्यसमितिका लागि ६३ उम्मेदवार मैदानमा रहेका थिए । नयाँ निर्वाचनवाट २५ सदस्यीय कार्यसमिति चयन भएको छ। अध्यक्ष पदमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रेका थिए।
बारको विधानमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका रहने उल्लेख छ।
यी हुन् विजयी पदाधिकारी
1. अध्यक्ष: चण्डेश्वर श्रेष्ठ
2.उपाध्यक्ष प्रदेश नम्वर १: मान बहादुर रुम्दाली
3. उपाध्यक्ष प्रदेश नम्वर २ :रामचन्द्र सिंह
4. उपाध्यक्ष प्रदेश नम्वर ३: ईश्वरी प्रसाद भट्टराई
5. उपाध्यक्ष गण्डकी उपाध्यक्ष(प्रदेश ४): सुरेन्द्र थापा मगर
6. उपाध्यक्ष प्रदेश नम्वर ५ : सुनिल कुमार श्रेष्ठ DLA
7. उपाध्यक्ष कर्णाली उपाध्यक्ष(प्रदेश ६): मिनबहादुर महत
8. उपाध्यक्ष सुदुरपश्चिम उपाध्यक्ष(प्रदेश ७): उमेश प्रसाद बिष्ट
9. खुलाक्षेत्र उपाध्यक्ष खुलाक्षेत्र महिला : रक्षा बस्याल
10. महासचिव : लिलामणी पौडेल DLA
11. कोषाध्यक्ष :रुद्र प्रसाद पोख्रेल
12. सदस्य (दलित): मोहन साशंकर
13. सदस्य(मधेशी/मुश्लीम) उपत्यका वाहिर: पंचनारायण मण्डल
14. सदस्य(मधेशी/मुश्लीम) खुल्ला: वीरेन्द्र कुमार ठाकुर
15. सदस्य(आदिवासी/ जनजाती) उपत्यका बाहिर: विना कुमारी सिंह (चौंधरी)
16. सदस्य(आदिवासी/जनजाती) खुला: बद्री नारायण नगरकोटी
17. सदस्य महिला उपत्यका बाहिर: कल्पना कुमारी भण्डारी
18. सदस्य महिला खुला : अन्जु कायस्थ
19. सदस्य खुला उपत्यका बाहिर: डा. शिवराज पण्डित
सदस्य-६
20. गंगा सागर खत्री
21. भिमसेन वन्जारा
22. भुवन प्रसाद निरौला
23. प्रकाश महर्जन
24. बाल कृष्ण गैरे
25. खिमानन्द अधिकारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।