महोत्तरी – क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन्।
लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्यक्ष हुन् । उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा उम्मेदवार भई दोस्रो स्थान हासिल गरेकी थिइन्। स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको नगर प्रमुखमा समेत उनी पराजित भएकी थिइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।