एजेन्सी– 'शोले' फिल्ममा गरेको 'ठाकुर'को भूमिकाका लागि चर्चित बलिउड अभिनेता संजीव कुमारको मृत्यु भएको ३२ वर्ष बितिसकेको छ। सन् १९८५, ६ नोभेम्बरमा 'हार्ट अट्याक'का कारण मृत्यु भएको थियो। आफ्नो फिल्मी करियरमा कयौं सुपरहिट फिल्म दिएका संजीव कुमारका १० फिल्म उनको निधनपछि रिलिज भएका थिए। अविवाहित उनले आफू चाँडै मर्ने डरका कारण विवाह गरेका थिएनन्।
उनको परिवारका सदस्यहरू प्राय सबैको निधन ५० वर्ष पुग्नु अगावै भएको थियो। संजीवलाई सधैं यही कुराले विवाहबाट पर राख्ने गर्थ्यो। उनलाई आफू पनि धेरै बाँच्दिन भन्ने लागिरहन्थ्यो। उनका भाइको निधन पनि उनीभन्दा अगाडि भएको थियो भने उनका दाजु किशोरको पनि ६ महिनापछि निधन भएको थियो।
संजीवको निधनपछि उनी अभिनित 'कातिल', 'हाथोकी लकिरे', 'बात बन जाए', 'काँचकी दिवार', 'नामुमकिन 'आदि फिल्म रिलिज भएका थिए। उनको अन्तिम फिल्म 'प्रोफेसरकी पडोसन' सन् १९९३ मा रिलिज भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।