• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यसरी भएको थियो एसइईको प्रश्नपत्र 'आउट', प्रहरी इन्चार्जको चाबी चोरेर पोका काटियो

64x64
नेपाल लाइभ बिहीबार, चैत २१, २०७५  १७:०५
1140x725

राजविराज– माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ को सिरहास्थित इलाका प्रहरी कार्यालयबाट बाहिरिएको पुष्टि भएको छ। घटनामा संलग्न २ प्रहरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गर्‍यो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी घटनाको पुष्टि गरेका हुन्। संलग्न प्रहरीसहित ६ जनालाई नै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ।

अनुसन्धानका क्रममा दुवै प्रश्नपत्र सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत यादवले उनका साथी प्रहरी जवान दीपेन्द्रकुमार मण्डललाई सहयोग गर्न लगाई निकालेको पाइएको शाहीले बताए। ‘इन्चार्जले राखेको चाबी चोरेर प्रश्नपत्रका पोका ब्लेडको चिर्दै फोटो खिचेर फेरि पोकाभित्र हालेको पाइयो,’ उनले भने, ‘त्यसमा इन्चार्ज (सई) तुलसी भट्टराईसहित अन्य कसैको पनि संलग्नता देखिएको छैन।’

ब्रह्मदेवले प्रश्नपत्र निकाल्ने मात्र नभई सिरहाको वरहथवा मावि विष्णुपुरमा परीक्षा केन्द्र रहेका दीपेन्द्रको ठाउँमा बसेर परीक्षा दिइरहेको पनि पुष्टि भएको छ। ‘प्रवेशपत्रबाट दीपेन्द्रको फोटो झिकी ब्रह्मदेवको फोटो टाँसेर आफै परीक्षामा बसेको अनुसन्धानमा खुल्यो,’ शाहीले थपे, ‘त्यसमा छाप समेत किर्ते गरेको पाइएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ परेका दुवै प्रहरीमध्ये २२ वर्षीय ब्रह्मदेव सप्तरीको राजविराज नगरपालिका १० र दीपेन्द्र राजविराज नगरपालिका ६ का हुन्।

ब्रह्मदेवले साथीलाई झिकेको प्रश्नपत्र आफ्नै दाजु २८ वर्षीय विष्णुदेव मण्डललाई इमोमार्फत पठाएपछि सप्तरीमा पनि छ्यापछ्याप्ती भएको शाहीले जानकारी दिए। ‘हामीले विद्यार्थीबाट अनुसन्धान सुरु गर्‍यौं। एकबाट अर्को र अर्कोबाट अर्को गर्दागर्दै विष्णुदेवबाट सबै कुरा खुल्यो,’ शाहीले थपे, 'विष्णुदेववाट मनोज यादव, मनोजबाट राजेश यादव र राजेशवाट उमेश यादव हुँदै प्रश्नपत्र विद्यार्थीको हातहातमा पुग्यो।’

प्रश्नपत्र आउट भएपछि १ हजार देखि १ हजार २ सय रुपैयाँसम्म बिक्री भएको उनले बताए। बाँकी प्रश्नपत्र आउट भए/नभएको विषयमा भने अनुसन्धान भइरहेको शाहीले बताएका छन्। ‘हामीले केही कुरा डिजिटल ल्याबमा परीक्षणका लागि पठाएका छौं। त्यो रिपोर्ट आएपछि मात्र त्यस विषयमा बताउन सकिन्छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

शाहीले घटनामा संलग्न कसैलाई पनि नछोडिने र कडा कारबाही गरिने बताए। प्रहरी महानिरीक्षकले नै यस विषयमा कडा कारबाही गरिने सन्देश पठाएको भन्दै उनले प्रहरीलाई विभागीय कारबाही र सामान्य नागरिकसरह पनि कारबाही हुने जानकारी दिए।

प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीको सहयोगमा भएको अनुसन्धानमा प्रहरीले अन्य करिब २० जनालाई पक्राउ गरेको थियो। बाँकीलाई सोधपुछपछि छोडिएको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।

प्रदेश २ का २ सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ परीक्षार्थी रहेका छन्।
 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्