काठमाडौं- राष्ट्रिय विकास परिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं पञ्चवर्षीय योजनाको खाकालाई नाम परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन्।
परिषदले बुधाबारदेखि सुरु गरको छलफलमा प्रधानमन्त्री ओलीले पन्ध्रौं पञ्चवर्षीय योजनालाई नाम परिवर्तन गरेर प्रथम संघीय पञ्चवर्षीय योजना भन्नुपर्ने बताएका हुन्। अबको पाँच वर्षभित्र नेपाल एलडिसी (अतिविकसित मुलुक) को लिष्टबाट हटेर विकसित मुलुकको लिष्टमा अपग्रेड हुनेसमेत प्रधानमन्त्री ओलीको दाबी छ।
साथै प्रधानमन्त्री ओलीले यो नियमित रुपबाट आउने योजनाभन्दा फरकसमेत हुने र यसले आगामी वर्षको बजेटलाई समेत प्रभावित पार्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।