विर्तामोड- झापाको विर्तामोड नगरपालिका-६ बुट्टाबारीमा आज बिहानै सवारी साधनको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।
नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिँदा विर्तामोड नगरपालिका-५ की २८ वर्षीया कुमारी मगरको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान करिब साढे ४ बजे बाटोमा हिंडिरहेकी मगरलाई सवारीसाधनले ठक्कर दिएको थियो। दुर्घटनापश्चात् सवारीसाधनसहित फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।