राजविराज- बस दुर्घटनामा छोरा, बुहारीसहित परिवारका पाँच जना सदस्य गुमाएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी रमानाथ झालाई तिलाठी कोइलाडी गाउँपालिकाले ५० हजार आर्थिक सहयोग गरेको छ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र उपाध्यक्ष सुचीता यादवले तिलाठीस्थित झाको घरमा पुगेर आइतबार ५० हजारको चेक हस्तान्तरण गरेका हुन्।
गत कात्तिक ११ गते राजविराजबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६७ नंको बस धादिङको त्रिशूली नदीमा दुर्घटना हुँदा झाका परिवारसहित ३१ जनाको मृत्यु भएको थियो।
सो दुर्घटनामा परी उनका दुई छोरा ३८ वर्षीय सञ्जीतकुमार झा, ३३ वर्षीय अञ्जीतकुमार झा, बुहारी ३५ वर्षीया सिम्मीकुमारी झा, नाति ९ वर्षीय अभिनव झा र तीन वर्षीय प्रतीकको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।