काठमाडौँ- देशका विभिन्न भागमा अझै केही दिन हावाहुरीसहित मेघ गर्जन र क्षणिक वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहिबार सार्वजनिक गरेको तीन दिनको पूर्वानुमान अनुसार बिहिबार दिउँसो देशको पूर्वी र मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ।
त्यस्तै पुर्वी र मध्य भू–भागका थोरै स्थानमा तथा पश्चिमी भू–भागका केही स्थानहरुमा मेघ गर्जनका साथ हावाहुरी सहित वर्षाको संभावना रहेको बताएको छ।
महाशाखाले शुक्रबार र शनिबार पनि देशका विभिन्न भू–भागमा आंशिक वर्षाको संभावना रहेको देखाएको छ।
यस्तो छ महाशाखाको पूर्वामानुमानः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।