बारा– बारा जिल्ला अदालतले अपहरण तथा ज्यान मार्ने उद्योगमा दुई भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार पठाएको छ।
भारतको बिहारस्थित पूर्वी चम्पारण रक्सौलका गणेश कुमार (बब्लु पासवान) र विजय महतो (नन्की) लाई मंगलबार अदालतले कारागार पठाउने आदेश गरेको हो। पर्साको वीरगन्ज महानगरपालिका निवासी सुरेश केडियाको अपहरणमा उनीहरुको संलग्न रहेको प्रहरीले जनाएको छ।
२०७३ जेठ १३ गतेको घटनापछि फरार दुवैलाई प्रहरीले गत फागुन २४ गते पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराएको थियो।
व्यापारिक प्रयोजनले बाराबाट बा १० च ७२४० नम्बरको कारमा वीरगन्ज जाँदै गरेका केडियालाई महागढीमाई नगरपालिका १ स्थित पसाहा पुल नजिकैबाट अपहरण गरिएको थियो।
बिआर ०५ प ३२३९ नम्बरको स्कार्पियोमा आएका अपरिचित व्यक्तिले केडियाको कार रोकी अपहरण गरेर भारत पुर्याएका थिए। प्रहरीले केडियालाई २०७३ जेठ १६ गते भारतीय प्रहरीको सहयोगमा अपहरण मुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।