फाइल तस्बिर
काठमाडौं- सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका पाँच न्यायाधीशहरूमाथि उजुरी आह्वान गरिएको छ।
संघीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो। उनीहरुमाथि कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सकिनेछ।
चैत १८ गते बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको थियो। सर्वोच्चको न्यायाधीश पदका लागि सिफारिस हुनेमा पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मलता माथेमा र मनोजकुमार शर्मा छन्।
सिफारिसमा परेका मध्ये शर्माको नाममा विवाद हुँदै आएको छ। सक्रिय बकालतमा नभएको र पुर्व प्रधान न्यायाधीश दामोदर शर्माको भतिजो भएको आधारमा सिफारिस गरिएको भन्दै आलोचना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।