ब्रसेल्स- एकतर्फी रूपमा क्याटोलनियाको स्वतन्त्रताको घोषणा गरेपछि स्पेन सरकारबाट बर्खास्त भएका नेता कारलस पुज्डमोनले बेल्जियमको प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
क्याटलोनियाली सरकारका अन्य चार मन्त्री पनि उनीजस्तै प्रहरीसमक्ष पुगेका छन्। उनीहरू विगत केही दिनदेखि बेल्जियममा लुकिछिपी बस्दै आएका थिए।
केही दिनयता बेल्जियममा बसिरहेका नेता पुज्डमोनविरुद्ध देशलाई विखण्डन गर्ने असफल प्रयास गरेको भनी स्पेनी सरकारले पक्राउ पुर्जी जारी गरेको थियो। स्पेनको एक अदालतले विद्रोहको अभियोगमा भइरहेको छानबिनसँग सम्बन्धित रहेर पुज्डमोन र उनको क्षेत्रीय सरकारको मन्त्रीमण्डलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
उनीहरूलाई स्पेनलाई सुपुर्दगी गर्ने वा बेल्जियममा नै राख्ने बिषयमा अधिकारीहरूबीच आवश्यक छलफल भइरहेको बताइएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।