वासिङ्टन (एजेन्सी)– अमेरिकाको टेक्सास राज्यको एउटा गिर्जाघरमा आइतबार गोली चल्दा २६ जनाको ज्यान गएको छ।
टेक्सासको सानो सहर विल्सन काउन्टीमा रहेको एउटा बाप्टिस्ट चर्चमा यो घटना भएको थियो। चर्चमा प्रार्थनासभाका लागि गएका श्रद्धालुमाथि प्रार्थना चलिरहेको अवस्थामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
सो स्थान सान एन्टोनियो सहरदेखि करिब ५० किलोमिटर दक्षिण-पूर्वमा पर्छ। अहिले घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति छ।
घटना स्थानीय समयअनुसार बिहान साढे एघार बजे भएको थियो। गभर्न जर्ज एबोटले घटनाको पुष्टि गर्दै टेक्सासको इतिहासमै यति ठूलो आततायी घटना भएको बताए।
सो घटनामा करिब २५ जना घाइते भएका छन्। मारिनेमा गिर्जाघरका 'पास्टर'की छोरीसमेत रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।