मलेखु, धादिङ - सदरमुकामसँगै रहेको नीलकण्ठ नगरपालिका वडा नं १३, खुर्पेखोबाट दुई नाल बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा दर्ता गरेको छ।
प्रहरीले गाउँ सर्च गरी खुर्पेखोला निवासी ४६ वर्षीय कुलबहादुर थापाको घरबाट दुई नाल भरुवा बन्दुकसहित थापालाई पक्राउ गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक रामबहादुर थापाले जानकारी दिए। पक्राउ परेका थापालाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी न्यायिक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा प्रहरीले सक्रियता बढाएसँगै विशेष सुराकीका आधारमा हतियार बरामद गरिएको हो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।