बर्दिवास – महोत्तरी जिल्लाको क्षेत्र नं १ को ‘क’ प्रदेश सभा क्षेत्रमा रोचक भिडन्त हुने भएको छ । वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी एमाले नेत्री शारदा थापा र नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका प्रल्हाद क्षेत्रीबीचको चुनावी प्रतिस्पर्धालाई आम मतदाताले रोचक हुने प्रतिक्रिया दिएका हुन्।
नेत्री थापा र क्षेत्री साख्खै फुपू–भदा हुन् । बर्दिवास–१ कै बासिन्दा रहनुभएका दुवैको घरको दूरी पनि १०० मिटर मात्र छ । दुवै परिवार मात्र नभएर फुपू–भदाबीच पनि अत्यन्त न्यानो र आत्मीय सम्बन्ध रहेको दुवै जनाले स्वीकार गरेका छन्।
आसन्न निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले आइतबार विधिवत् उम्मेदवारी फिर्ता लिएपछि नेत्री थापा वाम गठन्धनको साझा उम्मेदवार बनेकी हुन्।
गत असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट प्रमुख पदका प्रत्याशी रहनुभएका क्षेत्रीसँग अत्यन्त न्यानो पारिवारिक सम्बन्ध रहेकैले एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहनुभएकी नेत्री थापाप्रति कतिले भदालाई सहयोग गरेकी टिप्पणी पनि गरेका थिए । यद्यपि नेत्री थापाले आपूm विचार र संगठनप्रति प्रतिबद्ध कार्यकर्ता भएकाले त्यस्ता बाहिरी टिप्पणी कुनै अर्थका नभएको टिप्पणी गरेकी छिन्।
यस प्रदेशमा राजपा÷संघीय समाजवादी फोरमको गठबन्धनबाट राजपा नेत्री रुपा यादव पनि प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने प्रारम्भिक अड्कल गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।