काठमाडौं- 'पशुपति प्रसाद' फिल्मबाट 'भष्मे डन'को रूपमा चर्चा बटुलेका अभिनेता विपिन कार्की अभिनीत 'नाका'को टिजर रिलिज भएको छ । ग्याङ्स्टर कथामा आधारित फिल्ममा विपिनको मुख्य भूमिका छ । फिल्मको निर्देशन अमित श्रेष्ठले गरेका हुन्।
सार्वजनिक टिजरमा विपिन नयाँ गेटअपमा देखिएका छन् । उनको हेयरस्टाल र शैली उनका अघिल्ला फिल्मभन्दा निकै भिन्न देखिएको छ।
फिल्ममा विपिनका साथै रविन तामाङ, थिन्ले ल्याम्हो, शिव मुखिया, प्रकाश गन्धर्व आदिको भूमिका रहेको छ । फिल्मको कथा निर्देशक श्रेष्ठले लेखेका हुन् हुने अभिषेक सुवेदीको पटकथा छ । फिल्ममा जेशन कुँवरले संगीत दिएका छन् । फिल्म फागुन १७ गते रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।