काठमाडौं- लुटपाट गरेको अभियोगमा संखुवासभा लुङ्ग–४ घर भई बालाजु हिलेटोल बस्ने १६ वर्षीय पासाङ शेर्पा र १८ वर्षीय डुक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुले शनिबार राति काठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँ बसपार्कस्थित बिजी मल नजिक एक युवाको सिक्री लुटेका थिए । लुटेराहरुले वीरगञ्ज महानगरपालिका–७ घर भई काठमाडौं नारायणस्थान बस्ने २४ वर्षीय शरण साहको सिक्री लुटेका थिए।
पक्राउपछि घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।