हरारे (एपी)– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेलाई सोसल मिडियाबाट गाली गरेको भन्दै एक अमेरिकी महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ । उनले मोगाबेलाई ‘स्वार्थी र रोगी व्यक्ति’ भन्दै ट्विट गरेकी थिइन् ।
२५ वर्षीया मार्था ओ’डोनोभान लाई शनिबार पहिलो पल्ट स्थानीय अदालतमा उपस्थित भइन् । मार्थाकी वकिल रोस हान्जीले मार्थालाई शुक्रबार बिहान प्रहरीले बिनापूर्जी हरारेस्थित घरबाट पक्राउ गरेको तर्क पेश गर्दै उनी विरुद्धको मुद्दा गैरकानुनी भएको जिकिर अदालतसमक्ष गरेकी थिइन्।
अदालतले मार्थालाई एक साता थुनामा राखेर अनुसन्धान गर्न जिम्बाबे पुलिसलाई अधिकार दिएको छ । वकिलले मार्थाको मुक्तिका लागि उच्च अदालतको ढोका ढकढक्याउने बताएकी छिन्।
९३ वर्षीय राष्ट्रपति मुगाबले आफूमाथि सोसल मिडियाबाट प्रहार हुन थालेपछि गत महिना मात्र साइबर सुरक्षा मन्त्री नियुक्त गरेका थिए । मन्त्री नियुक्तिपछि मार्थाको पक्राउ पहिलो घटना हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।