काठमाडौ– सर्वोच्च र उच्च अदालतमा सिफारिस भएका २३ न्यायाधीशको नाममा विवाद भएपछि कानुनमन्त्री भानुभक्त ढकालले नाता बिनामा मानिस नै नहुने भन्दै बचाउ गरेका छन्।
आजबाट सुरु भएको तीन दिने न्यायाधीश सम्मेलनको उद्घाटन सत्रमा मन्तव्य राख्दै कानुनमन्त्री ढकालले सिफारिसको बचाउ गरेका हुन्।
सर्वोच्च अदालतका लागि ५ र उच्च अदालतका लागि वैशाखसम्म नियुक्त हुने गरी १८ न्यायाधीशको नाम परिषदले सिफारिस गरेको थियो। परिषदको एक सदस्य भएको नाताले कानुनमन्त्री ढकालले नियुक्तिका पक्षमा धारणा राखेका हुन्।
‘नातापाता बिनाको कोही हुँदैन, बाबुआमा बिनाको छोराछोरी हुँदैन,’ मन्त्री ढकालले भने, ‘सबै नेपाली नागरिकलाई नै न्यायाधीश बनाइएको हो।’
मन्त्री ढकालले हिजो सिफारिस गरेका समावेशी र संविधानको भावनसँग मेल खाने भएको समेत टिप्पणी गरे।
महिला , मुस्लिम ,मधेशी सवैलाई सिफारिसले समेटेको दावी मन्त्री ढकालले गरे।
परिषदले सिफारिस गरेका मध्ये उच्च अदालतका अधिकांश न्यायाधीश परिषदवाटै पटक पटक छानविनमा परेका व्यक्ति रहेको सार्वजनिक भएको थियो।
त्यस्तै पूर्वप्रधान न्यायाधीश दामोदर शर्माका भतिजा मनोज शर्मा समेत सर्वोच्चको स्थायी न्यायाधीश हुन सफल भएका थिए। त्यस्तै उच्च अदालतका राजनीतिक पहुँच भएका र तीन ज्वाई र दुई पुर्व न्यायाधीशका छोरीपनि नियुक्तिमा समेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।